देउवाले आफ्नै निवासमा संसदीय दलको समितिको बैठक बोलाए

२५ साउन , काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ४ बजे आफ्नै निवासमा संसदीय दलको समितिको बैठक बोलाएका छन् ।

समितिका एक सदस्यले बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ कांग्रेसको संसदीय दलको समितिमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *