दश लाख लुटेर भाग्दै गरेका लुटेरा ललितपुरमा पक्राउ

पौष १७ काठमाडौ, १० लाख लुटेर भाग्दै गरेको लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको  ग्वर्कु  नजिकै खरीबोटमा रहेको एभरेस्ट बैंक बाट पैसा झिकेर बाहिर निस्किदै गर्दा दुई जना लुटेराले लुटेर भाग्दै गर्दा स्थानीय र पैदल यात्रीहरूको सहयोगमा लुटेरालाई पक्रिएको हो ।

दुई जना लुटेरा मध्य एक जनालाई पक्रिएको छ भने, एक जना भाग्न सफल भएको छ । पक्राउ परेका उक्त लुटेराको नाम थर वतन भने अहिले खुलाइएको छैन । पक्राउ परेका उक्त लुटेरालाई अहिले महानगरीय प्रहरी बृत्त मंगल बजार लगिएको छ भने अर्को फरार रहेका लुटेराको खोजी भईरहेको छ ।

luterlutera3

Leave a Reply

Your email address will not be published. Required fields are marked *