दशौ हजारको उपस्थितिमा तयामा खियामा रैछाकुलेको प्रतिमा अनावरण

खोटाङ्ग ३ मंसिर- किरातीहरुको आदिम मानिसहरु तयामा-खियामा रैछाकुलेको प्रतिमा अनावरण गरिएको छ । खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ्ग नगरपालिकास्थित तुवाचुङ्ग डाँडामा प्रतिमा अनावरण गरिएको हो ।

दशौं हजार किराँत धर्मालम्बीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा यायोक्खाका पूर्व अध्यक्षहरु गङ्गाराज राई , चतुरभक्त राई र अध्यक्ष तिलक राईद्वारा संयुक्तरुपमा प्रतिमा अनावरण गरे पछि नछुंग् (धामी) हरुले पुर्खाहरू (तयामा-खियामा रैछाकुले) लाई वासिम र अदुवाले मुन्धुमी विधि अनुसार पुजा गरेका थिए ।

प्रतिमा अनावरण कार्यक्रममा कलाकारहरू जीतेन राई , पार्वती राई , राजु एन राई , राई नवीन , सरला राई , मेनुका राई , जानुका राई , इसक राई लगायतले तयामा खियामा रैछाकुले सम्बन्धि बिशेष गीत /संगीतको र सिली प्रस्तुत गरेका थिए। कार्यक्रमलाई किरात राई यायोक्खाका पुर्व अध्यक्ष चतुरभक्त राई , तुवाचुङ संरक्षण समितिका उपाध्यक्ष सर्वधन राई , सल्लाहकार मनिकुमार राई , जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङ, रुपाकोट मझुवागढी नपाका मेयर दीपनारायण रिजाल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा खोटाङका विभिन्न ठाउँहरु र उदयपुर लगायत अन्य जिलाबाट गाडी रिजर्भ गरि दशौं हजार किरात राईहरुले सहभागी जनाएको थिए भने स्थानीय बासीहरुले ब्यानर र सांस्कृतिक झाँकी सहित सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *