दर्जनौ राष्ट्रिय कलाकार अभिनित “नेपाली भै बाँच्न“को म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

१६ साउन , काठमाडौ : व्यावसायिक गीत, संगीतहरुको बजारमा यतिखेर चर्चित गाएक डिजराज पौडेलको शब्द ,स्वर र संगीतमा नेपालीहरुमा नेपालीत्व झल्काउने राष्ट्रिय गीत ‘नेपाली भै बाँच्न’को भिडियो भर्खरै सार्बजनिक भएको छ ।
एन. बि. चाम्लिङले संगीत संयोजन गरेको उक्त राष्ट्रिय गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरु नबल खड्का, मोहन निरौला, सुरबिर पन्डित, रामचन्द्र अधिकारी, मुकुन्द थापा, शितल के.सी., सुरेन्द्र खड्का, मनोज खतिवडा लगायत दुई दर्जनभन्दा बढी राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको निर्माण पक्षले जानकारी गरायको छ ।
म्युजिक नेपालले भर्खरै सार्बजनिक गरेको उक्त गीतको भिडियोलाई युबराज खत्रीको छायांकन/सम्पादन र घनश्याम तिमल्सिनाले निर्देशन गरेका छन् ।
भिडियो हर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *