दमकमा स्थिति तनाबग्रस्त, मत परिणाम प्रति आशंका

दमक १६ असार- दमकको मतगणना प्रति राजनीतिक दलहरुले आशंका गरेका छन् माओवादी केन्द्र नेपाली कांग्रेस , राप्रपा लगायत आठ दलका उम्मेदवारहरुले प्रेस विज्ञप्ती जारी गर्दै दमकको मतगणना प्रति आशंका रहेको जनाएका हुन् ।

विज्ञप्तीमा दमकका निर्वाचन अधिकृत बोधराज फुयालले स्वतन्त्र , निष्पक्ष र पारदर्शी रुपमा मत सार्वजनिक नगरेकोले निजलाई फिर्ता बोलाई नयाँ निर्वाचन अधिकृत पठाउन सरकालाई आग्रह गरेका छन ।

निर्वाचन अधिकृतले यहाँको परिणाम प्रकाशन गर्न ढिलाई गरेको र परिणाम घोषणा गर्दा धाँधली भएको भन्दै नाराजुलुस भएको हो । दमकको वडा नं १ को वडा अध्यक्षको विजयीको विषयलाई लिएर स्थिती तनाव ग्रस्त भएको हो ।

पहिला राप्रपा नेपालका वडा अध्यक्ष तारा अधिकारी विजयी भएको भनेर प्रचार भएको र पछि निर्वाचन अधिकृतले एमालेका वडा अध्यक्ष हरी न्यैपाने र राप्रपाका वडा अध्यक्ष तारा अधिकारीको मत बराबर भएकोले दुवै जना विजयी हुन बाँकी रहेको घोषणा गरेपछि स्थिती असामान्य भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *