त्रिशूली बस दुर्घटना अपडेट : सडक र चालककै कमजोरीले दुर्घटना

७ भदौ, काठमाडौँ : काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार अनुसन्धानबाट तीव्र गतिकै कारण दुर्घटनामा भएको खुलेको छ । बस बुधबार बिहान धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो ।

रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रो पटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ ।

प्रहरी उपरीक्षक गौतम भन्छन्, ‘कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो । सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ ।’

दुर्घटनामा दुई जना महिलासहित आठ जनाको मृत्यु भएको छ । सत्र जना घाइते भएका छन् । एक जना बेपत्ता भएको आशङ्कामा खोजी कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *