त्रिशूली नदीमा खसेको बसको १५ जना भन्दा बढी घाइतेको उद्धार

६ भदौ, काठमाडौं : काठमाडौँबाट पोखराका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भएपछि त्रिशूलीमा खसेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो।

बसमा के कति यात्रु सवारी थिए भन्नेबारे एकिन जानकारी आइसकेको छैन।

दुर्घटनाको खबर आउनासाथ सुरक्षाकर्मी तथा स्थानीयवासीबाट उद्धार कार्य जारी रहेको र हालसम्म १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *