त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा प्रा.डा.घनश्याम भट्टराई

३१ साउन, काठमाडौं : वि.सं २०७९ साउन १९ गतेदेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा एक वर्षपछि इतिहास विभाग प्रमुखसमेत रहेका प्रा.डा.घनश्याम भट्टराई बुधबार नियुक्त भएका छन् ।

उनलाई मंगलबार कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले गत साउन २३ गते आवेदन माग गर्दै २६ गते ३ बजेभित्र आवेदन दिन सूचित गरेको थियो । सोही आवेदन अनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *