तैयब हेल्थ केयर द्वारा निस्शुल्क स्वास्थ शिविर

अभिमनु कुमार पटेल / रौतहट ६ भाद्रौ ।
तैयब हेल्थ केयर गौर १ रौतहट द्वारा सिसवा टोलमा बाढीपीडितलाई निस्शुल्क स्वास्थ शिविर संचालन गरिएको थियो।

गत साता परेको अबिरल बर्षाका कारण तराई मधेशको अधिकांश भूभागहरु डुबानमा परेको र डुबान तथा बाढीकै कारण हजारौं मानिसहरुले विस्थापित भएको भन्दै तैयब हेल्थ केयर गौरले निस्शुल्क चेकजाँच र अौषधी सहयोग गरेको छ ।

तैयब हेल्थ केयर गौर १ रौतहटको नेतृत्वमा गौर न।पा।१० सिसवा टोलको स्थित दलित लगायत अन्य बाढीपीडित समुदाय बस्तीमा रहेका र बाढीले विभिन्न किसिमका रोग लागिरहेकोले यो ठाउँमा स्वास्थ्य शिविर अति नै आवश्यक देखा परेकोले पीडितहरुका लागि राहत स्वरूप शिविर संचालन गरिएको डा। सरफाज तैयबले बताएका छन ।

विपद्का बेला अन्य समस्याहरु संगसंगै स्वास्थ्य सम्बन्धि समस्याहरु पनि आइपर्ने हुँदा सो कुरालाई मध्यनजर गर्दै तैयब हेल्थ केयरको ३ जना चिकित्सक तथा अन्य ११ जना सहयोगी सहितको टोलीले शोही बस्तीमा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरि २५० जना पुरूष, महिला र बालबालिका समेतलाई निःशुल्क उपचार गर्नुका साथै औषधीहरु समेत निशुल्क वितरण गरेको तैयबले जानकारी दिए ।

स्वास्थ्य शिविरमा नेपाल परिवार दल पर्साका अध्यक्ष पल्टन प्रसाद पटेल, रिपोर्टर्स क्लब नेपाल रौतहट एवं मधेश प्रदेश अनलाइन अध्यक्ष अभिमनु कुमार पटेल, भोजपुरी टाईम्स दैनिकका श्रवण साह, लगायतका उपस्थिति रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *