तेरिया मगरको अनुबन्धित फुकुवा अझै ६ महिना बाँकी

माघ ८ काठमाडौ, रुपन्देही निवासी नेपाली चेली तेरीया मगर हालै भारतीय टेलीभिजन अन्तरगत चर्चित कार्यक्रम झलक दिखला जा सिजन ९ को उपाधी जित्न सफल बनेकी छिन् । यस अघि पनि उनले सन् २०१४ मा भएको भारतकै चर्चित सो ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को उपाधी पाइसकेकी छिन । लामो समय गरेको संघर्षको परिणाम स्वरूप तेरीयाले आफ्नो जिवनमा पाएको यो दाश्रो ठेलो सफलता हो ।

यो कुरा सत्य हो तेरीया मगर यतिबेला स्टार बनिसकेकी छिन । उनको जिवन सामान्य बालबालीका जस्तो छैन । उनले डिआइडी सिजन ३ को उपाधी जितेसंगै एक बन्धनमा बाधिएकी छिन । उनले एग्रिमेन्ट पेपरमा समेत हस्ताक्षर गरिसकेकी छिन । जुन हस्ताक्षरले उनलाई नेपाल मात्र नभइ कुनै देश भ्रमण गर्नु परेमा या बिदेशबाटै नेपालीहरूको निम्तो आएमा पनि कसैको अनुमती लिएर मात्रै जान पाउछिन । डिआइडी लिटिल च्याम्प बनिसकेपछि भारतीय संस्था डिआइडीले उनलाई तिन वर्षका लागि डीआईडीले अनुबन्धित गरेका कारण उनीहरूको अनुमतिबिना हिँड्न मिल्दैन ।

त्यसो त तेरीयाले १४ बर्षकै उमेरमा पन्ध्रभन्दा धेरै मुलुक पुगिसकेकी छिन् । उनलाई कुनै पनि मुलुकमा हुने कार्यक्रममा जाँदा सम्पूर्ण खर्च डीआईडीले दिँदै आए पनि कार्यक्रममा पाएको रकम आधा डीआईडीले लिने गरेको छ । उनको अनुबन्ध फुकुवा हुन अझै छ महिना बाँकी छ ।उनी यतिबेलापनि आफ्नो आमा र दिदीको साथ मुम्बईमा बस्दै त्यहिको एक विद्यालयमा अध्ययन गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *