तेज कुमार खवासको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

माघ १७ काठमाडौ,लामो समयदेखि गीत संगीतमा आवाद हुदै आएका र हाल प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय हुदै आएका कलाकार हुन् तेज कुमार खवास । गीत-संगीतमा सक्रिय खवासका निकै नै राम्रा-राम्रा सिर्जनाहरु बजारमा रहेको छ ।

”चुलबुले कान्छी नक्कली मोरी” गीत बाट चर्चा कमाएका तेजले त्यहि क्रमलाई पछ्याउदै पछिल्लो समय उनले आफ्नो नयाँ सृजना स्वरूप ”दिलमा पनि धड्कनमा पनि तिमी नै बसेकी छौ” बजारमा सार्बजनिक गरेका छन ।

यो गीतमा स्वर/शब्द अनि संगीत तेज स्वयम् आफ्नैको रहेको छ भने एरेन्ज निरज श्रेष्ठको रहेको छ । यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको भिडियोलाई सुजित बिश्वासले निर्देशन गरेका छन् । भिडियोमा सुमन निरौलाको छायांकन सुनिल श्रेष्ठको सम्पादन संगै प्रतिक र उषाको ससक्त अभिनय रहेको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला

https://youtu.be/kiO-1mikMiE

Leave a Reply

Your email address will not be published. Required fields are marked *