तीर्थयात्री बोकेको बस मन्दिरबाट १०० मिटर खोलातर्फ झर्दा ७ जनाको मृत्यु , १९ जना घाइते

७ भदौ, काठमाडौं : काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा चालकसहित २७ जना तीर्थयात्री बोकेको बस मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा झर्दा ७ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको छ । भने १९ जना घाइतेहरुको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि बसका चालक फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *