तीनकुने हत्यामा संलग्न २ जना पक्राउ

१ असोज, काठमाडौँ : नेपाल प्रहरीले तीनकुने हत्या प्रकरणमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको थियो । शुक्रबार राति करिब ११ः५५ बजे तीनकुनेस्थित दिव्या स मिलमा दुई पुरुष र दुई महिलाको निर्जीव शव फेला परेको हो ।

दीपेन्द्र राईलाई शुक्रबार आशंकामा नियन्त्रणमा लिएको थियो भने आइतबार थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मृत्यु हुनेमा कुमार भुजेल, अम्बिका भुजेल, शुभद्रा भुजेल र नवीन राई रहेका छन् । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *