तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा चक्कु प्रहार गरी एक युवाको हत्या

१ असोज, काठमाडौँ : तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा पाल्पामा एक जना युवाको हत्या भएको छ ।

हत्या हुनेमा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्री रहेको छ । ले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो ।

गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो । र त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको हो ।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भने घटनाबारे थप अनुसन्धान भइरहेता पनि प्रहरीले थप विवरण खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *