तिन दलका शीर्ष नेताहरूको बालुवाटार बैठक निश्कर्ष विहिन

काठमाडौं २७ असार- कांग्रेस, एमाले र माओवादी तिन दलका शीर्ष नेताहरूको बालुवाटार बैठक निश्कर्ष विहिन सकिएको छ । संविधान संशोधन, राजपालाई चुनावमा ल्याउने लगायतका विषयमा छलफल गर्न बोलाईएको बैठक निश्कर्ष बिहीन भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूलाई बैठकमा बोलाएका थिए । उनले बैठकमा संसदमा बिचाराधिन संशोधन विधयक पारित गर्नका लागि एमालेको सहयोग मागेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाको उक्त प्रस्ताव ठाडै अस्वीकार गरेपछि संशोधनको विषय फेरि अलमलमा परेको छ । ओलीले तीनै चरणको निर्वाचन सम्पन्न नभएसम्म संशोधनको विषयमा छलफल गर्न नसकिने बताए ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले दलीय सहमतिको आधारमा संबिधान संशोधन गर्न सकेमा उत्तम हुने बताए । त्यसो नभए विधयकलाई भोटिङमा लैजानुपर्ने र भोटिङबाट आउने परिणाम सबै दलहरुले मान्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *