ड्यूटीमा खटिएका प्रहरी निरीक्षकमाथि बन्चरो प्रहार गरेको अभियोगमा तीन जना पक्राउ

८ भदौ, काठमाडौँ : शिवसताक्षी नगरपालिका-९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा साथै प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् ।

बन्चरो प्रहारपछि घाइते भएका प्रहरी निरीक्षक कटुवार्ललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *