डोनाल्ड ट्रम्प अमेरीकाको राष्ट्रपतीमा निर्वाचित

कार्तिक २४ काठमाडौं, डेमोक्रेटिक पाटीका हिलारी क्लिन्टनमाथि शानदार जित हात पार्दै डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी भएका छन् ।

यो जित संगै, रिपब्लिकन उम्मेदवार ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेको हो । ७० वर्षका उनी अमेरिकी इतिहासका सबैभन्दा पाका राष्ट्रपति पनि बनेका छन् ।
पूर्व विदेशमन्त्री समेत भइसकेकी राष्ट्रपती चुनावको प्रतिद्वन्दी हिलारी क्लिन्टनले हार स्वीकार गरेकी छन् ।
५३८ इलेक्टोरल अलेजमा राष्ट्रपति बन्न २७० मत चाहिन्छ । ट्रम्पले २७६ मत पाएका छन् , मत गणनाको अन्तिम तरणमा रहेको एरिजोना र मिसिगन राज्यमा

पनि उनकै अग्रता रहेको छ । एरिजोनाको ११ र मिसिगनको १६ मत थपियो भने ३०३ मत हुनेछ ।
मतदान पूर्व भएका सबै मत सर्वेक्षणमा ट्रम्प कमजोर देखिएका थियो भने हिलरी क्लिन्टन नै हृवाइट हाउसमा जाने देखाएको थियो ।
तर निर्णायक मानिएका मुख्य राज्यहरु ओहायो, फ्लोरिडा, पेन्सलभेनिया लगायतमा ट्रम्पले बाजी मारे, जसले उनलाई हृवाइट हाउस प्रवेश गरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *