डेनमार्कका काफ्लेले एनआरएनए युरोप क्षेत्रीय युवा संयोजकमा उम्मेदवारीकाे घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिबेसन तथा २०२१ – २०२३ कार्यकालको लागि पदाधिकारी चयन प्रक्रिया यही अक्टोबर २३ – २५ मा सम्पन्न हुदै छ। आगामी अक्टोबरमा हुने एनआरएनएको १० औं महाधिवेशनमा युवा उद्यमी रमेश काफ्लेले युरोप क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्।

तनहुँमा जन्मिएका काफ्ले हाल चितवनको भरतपुरमा बसोबास गर्छन। उनले डेनमार्कबाट वाणिज्य तथा व्यापारशास्त्रमा स्नाकोत्तर गरेका छन्।  काफ्ले सँग सन् २०१५–०१७ कार्यकालमा एनआरएनए डेनमार्कको सचिव पदको अनुभव रहेको छ  ।

विदेशमा बसोबास गर्ने दोस्रो पुस्ताका युवा नेपालीलाई उद्यमी बन्न उत्प्रेरणा दिँदै आएका काफ्ले विगत १३ वर्षदेखि डेनमार्कमा क्रियाशील छन्। उच्च शिक्षाका लागि सन् २००८ मा डेनमार्क पुगेका उनी एक दशक भन्दा बढि समय देखि गैरआवासीय नेपालीको अभियानमा सक्रिय रहेका छन ।

काफ्ले  २०१९ देखि आइसीसीको सदस्य पदमा रहि काम गर्दै आइरहेका छन्। उनले नेपालमा हाइड्रोलगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

‘कनेक्टिङ युथस् विथ कज’ नाराका साथ अघि बढेका उनी  युवालाई उत्प्रेरित गर्दै उनीहरूभित्र रहेको रचनात्मक सोचमार्फत समाज परिवर्तन गर्न सकिनेमा विश्वस्त देखिन्छन्। ‘एनआरएनएमा युवा सहभागिता न्यून छ। नेतृत्व तहसम्म सोच्ने वर्ग त लगभग शून्य नै छ। युवावर्गले पनि नेतृत्व लिनुपर्छ भन्ने मेरो एजेण्डा हो,’ काफ्लेले भने ।युरोप क्षेत्रमा रहेका युवा जमातको प्रतिनिधित्व गर्दै “क्षेत्रीय युवा संयोजक युरोप क्षेत्र” पद मा आफुलाई योग्य ठानी उक्त पदमा उम्मेदवारी दिन गैरहेको रमेश काफ्ले सामाजिक सञ्जालमार्फत आफ्नाे धारणा राखेका छन्।

May be an image of Ramesh Kafle and text

लामो समय देखि को डेनमार्क बसाइ, उच्च शिक्षा प्राप्ति, भोगाइ अनि सिकाइ, संग सँगै विभिन्न सामाजिक संघ संस्थाहरुमा संलग्नता तथा आपत बिपतमा सहयोग, विभिन्न सामाजिक कार्यहरुमा योगदान दिदै लामो समय देखि गैर आवासीय नेपाली संघको अभियानमा हातेमालो गर्दै २०१९ – २०२१ कार्यकालको (आइसीसी) सदस्य समेत रहेको हुदा यावत अनुभबहरुलाई समेट्दै गैर आवासीय नेपाली संघको अभियानमा युवाहरुको प्रतिनिधित्व अझै मझबुत बनाउन बिशेष भूमिका निर्बाह गर्ने बाचा सहित उम्मेदवारी दिने निर्णय गरेको हुँदा यहाहरुको साथ्, सल्लाह अनि सुझाबको अपेक्षाका साथ सहयोग गर्न अनुराेध गरेका छन्।रमेश काफ्लेउम्मेदवार: क्षेत्रीय युवा संयोजक: युरोप क्षेत्रहाल: आइ सी सी सदस्य: गैर आवासीय नेपाली संघसदस्य सचिव: व्यापार, लगानी तथा नेपाल प्रबर्द्धन विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *