डेङ्गु उपचारमा हामी  धराने काठमाडौँको सहयोग

७ भदौ, काठमाडौँ : सुनसरी उद्योग वाणिज्य संघले सुरु गरेको निशूल्क डेङ्गु शिविरमा सहयोग जुट्न थालेको छ ।  विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले शिविरमा आवश्यक औषधी तथा किटहरु सहयोग गर्दै आएका छन् ।  संघ सञ्चालन गरेको शिविरमा काठमाडौँमा रहेका धराने हरुले डेङ्गु परिक्षण किट सहित विभिन्न औषधी सहयोग गरेका छन् ।

भर्खरै स्थापित काठमाडौमा रहेका धरानेहरुको संस्था “हामी  धराने काठमाडौँ ”  संस्थाले १ लाख ५३ हजार मुल्य बराबरको औषधी सहयोग गरेको हो । संस्थाले ६सय ५०  डेगी परिक्षण किट सहित सिटामोटल , स्लाइन लगाएत डेङ्गु सक्रमितहरुलाई आवश्यक औषधी सहयोग गरेको हो ।  संस्थाका  सचिव विनोद श्रेष्ठको नेतृत्वको रोजेश शाक्य,पुजन न्यौपाने , पुनम प्रधान  लगायतको ४ सदस्य टोलीले सुनसरी उद्योग वाणिज्य संघमा संचालित शिविर स्थलमा पुगेर किट तथा औषधी हस्तान्तरण गरेको थियो । हामी  धराने काठमाडौँको नेतृत्वको टोलीले  संघका अध्यक्ष विजय श्रेष्ठ, पुव अध्यक्ष सरोज श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठलाई किट तथा औषधी हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा संघका सदस्य पदाधिकारी संगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डाक्टर विक्रम श्रेष्ठ लगाएको उपस्थिती रहेको थियो । धरानमा डेङ्गुको महामारी फैलिएको र उपचारमा समस्यमा भएको विभिन्न सञ्चार माध्यमवाट आफुहरुले थाहापाए पछि संस्थाका संयोजक  राजेन्द्र श्रेष्ठ (गणेश वनेपालि)र सदस्य संगम श्रेष्ठको नेतृत्वमा काठमाडौमा रहेका धरानेहरुसँग सहयोग संकलन  अभियान सुरु गरेको संस्थाका सचिव विनोद श्रेष्ठले वताए । उनले उहाहरुको नेतृत्वमा  रकम संकलन गरी  किट तथा औषधी खरिद गरी   धरान लिएर आएको जानकारी दिए । उनले वसोवासको हिसावले मात्र अहिले काठमाडौमा रहेका वताउदै उनले आफुहरु धरान वाहिर नरहेको वताए  ।  आपत विपतको समयमा मात्र नभई  धरानको  विकास निमार्ण समेत आफूहरु सधैव धरानको साथमा रहेका उनको भनाई थियो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले हामी धरानले संस्था सगै काठमाडौमा रहेको सहयोगी धरानेहरुलाई धन्यवाद दिंदै भबिष्यमा पनि यसरी नै साथसहयोगको  अपेक्षा रहेको बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *