डा. महतद्धारा बुढानिलकण्ठ क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता (फोटो फिचर)

काठमाडौं÷ नेपाली कांग्रेसका नेता एंव क्षेत्र नं. ५ का उम्मेदवार डा.प्रकाशशरण महतले नेपाली कांग्रेस धार्मिक सहअस्थीत्वलाई सम्मान गर्दै धार्मिक एंव पुरातात्वीक सम्पदाहरुको विकासलाई उच्च महत्वका साथ काम गर्ने बताएका छन् ।

ठुलो एकादशीको अवसरमा बुढानिलकण्ठ मन्दिर परिसरमा आयोजित महायज्ञ सप्ताह कार्यक्रममा प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै डा. महतले पवित्र बुढानिलकण्ठ क्षेत्रको विकासका लागि आफु क्रियाशिल रहने प्रतिबद्धता समेत व्यक्त गरे ।  कार्यक्रममा महायज्ञमा आर्थिक सहयोग गर्ने दाताहरुलाई डा.महतले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *