डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागे

फागुन २९ काठमाडौ,राप्रपाका पुराना नेता डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका छन् । उनले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै पार्टी त्यागेको घोषणा गरेका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष समेत रहेका डा.लोहनीले थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी त्यागेको जनाएको छ ।

उनले राप्रपाको विधान संशोधन, मन्त्रिपरिषदमा सामेल तथा पार्टीको तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिस गर्दा एकलौटी गरेको आरोप लगाएका छन् ।

२६ फागुनमा थापालाई पत्र पठाएका उनले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *