डा गोविन्द केसी साधारण तारेखमा रिहा अस्पतालबाटै अनशन जारी राख्ने

काठमाडौ २६ पुस- डा गोविन्द केसी साधारण तारेखमा रिहा भएका छन् । अदालतको अवहेलना मुद्दामा केसी पक्राउ परेका थिए । थुनछेक बहस पछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनलाई तारेखमा छाड्न आदेश दिएको थियो। केसीको मुद्दाको पेशी फागुन ८ गतेका लागि तोकिएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर र शैक्षिक प्रमाणपत्रको बारेमा न्यायपरिषदसँग बुझ्न समेत आदेश गरिएको छ। यस्तै सर्वोच्चद्वारा काममा फर्कन आदेश दिएका आइओएमका डिन डा.शशि शर्माको फैसला साथै राखेर पेश गर्न समेत अदालतले भनेको छ।

रिहा भएपछि डा. केसी त्रिवि शिक्षण अस्पताल पुगेका छन्। उनले अस्पतालबाटै अनशन जारी राख्ने जनाएका छन्।

न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले मंगलवार बिहान ९ बजे उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो। सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले अदालतलाई अपहेलना गरेको न्यायाधीशहरुमाथि अपमानजनक शब्द बोलेको भन्दै रिट दर्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *