डान्स इण्डिया भर्सेज नेपाल

the wild ripperz crewसुचना खबर-असोज ३ काठमाडौ, इण्डियाको स्टार प्लस बाट संचालनभइ रहेको,  रियालिटी शो डान्स प्लसमा नेपालका सुशान्त खत्री र दवाइल्ड रिप्पेज क्रिउले धमाका मच्याई रहेका छन् ।

हजारौ प्रतिस्पर्धीलाई पछि पार्दै, नेपालि यी दुइ छनौट भएका हुन् । अब फाइनलमा, इण्डियाका तनाया मालहरा र पियासा भगत संग यी दुइ नेपाली टिमले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालको द वाइल्ड रिप्पेज क्रिउ

नेपालको द वाइल्ड रिप्पेज क्रिउ , बि बोइङ्ग टिम हो  । डान्स प्लस कार्यक्रममा, प्रमुख जज रिमो डे सौजा र अन्य धर्मश यलान्ड़े, शक्ति मोहन, पुनित पाठक रहेका छन् ।

शक्ति मोहनको टिम  बाट सुशान्त र धर्मश यलाण्डेको टिम बाट   द वाइल्ड रिप्पोज क्रिउ फाइनलको लागि छानिएका हुन् । अब अन्तिम प्रतिस्पर्धा नेपालि यी दुइ टिमले भारतको तनाया मालहरा र पियासा भगत संग २५ सेप्टेम्बर २०१६ आइतबार गर्दै छन् ।

shusanta-khatritanay-malahara

<सुशान्त खत्री – नेपालि                                                           तनाया मालहरा – भारतीय>

Leave a Reply

Your email address will not be published. Required fields are marked *