डाक्टरमाथि हमला प्रकरणः सरकारले बनायो वार्ता समिति

३१ भदाै, काठमाडौं : सरकारले आन्दोलनरत नेपाल चिकित्सक संघसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अतिरिक्त सचिव डा विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सदस्य रहेको समिति गठन भएको हो ।

समितिले तत्काल चिकित्सकलाई वार्ताका लागि बोलाएको छ ।  नेपाल चिकित्सक संघले चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गर्दै आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।

हेटौंडाको साँचो अस्पतालमा गत भदौ १३ गते दुई चिकित्सकमाथि भएको शारीरिक आक्रमणमा संलग्नलाई कारबाही गर्न सङ्गठित दबाबका रूपमा संघको यस्तो निर्णय आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *