डडेल्धुरा-काठमाडौ, शौचालय सहितको बस संचालन

डडेल्धुरा १० चैत्र, उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा— काठमाडौँ शौचालय र चमेनागृह सहितको बस संचालनमा ल्याएको छ । उग्रतारा यातायातले उक्त सेवा सुविधा सहितको बस बिहीबारदेखि संचालनमा ल्याएको हो ।
करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठमाडौँ रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायातले बताएको छ ।

विहीबार एक कार्यक्रमका साथ ‘घटाल एयर’ सस्पेन्सन एसि बसको नेपाल यातायात राट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बस सेवाको उद्घाटन गरेका छन् । बसको भाडा रु दुई हजार तोकिएको छ ।

अहिले यस्ता किसिमका छ वटा बस संचालनमा ल्याइएको छ । काठमाडौ बाट एक वटा र डढेल्धुरा बाट एक वटा प्रत्यक दिन बस छुट्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *