डँडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु , एक जना घाइते

२८ भदौ, काठमाडौँ : भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको छ । भने घाईते वीरबहादुर कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार कैलालीको अत्तरियाबाट डोटीतर्फ गइरहेको अटो रिक्सा बुधवार राति करिब ९ बजे तिर दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *