ठगीको आरोपमा म्यानपावर कम्पनी ‘विश एचआर सोलुसन्स’को लाइसेन्स खारेज

४ असोज, काठमाडौँ : ठगीको आरोपमा ‘विश एचआर सोलुसन’ नामक म्यानपावर कम्पनीको लाइसेन्स खारेज भएको छ ।

४३ जनासँग तीन करोडभन्दा बढी ठगी गरेपछि वैदेशिक रोजगार विभागले उनीहरुको लाइसेन्स खारेज गरेको छ । म्यानपावर कम्पनीले पोल्याण्ड, क्रोएसिया, जापान, कतार र अमेरिका पठाउने आश्वासन दिएर ४३ जनासँग ३ करोड ८ लाख २ हजार ४९८ रुपैयाँ ठगी गरेको छ । तर, कम्पनीले उनीहरुमध्ये कसैलाई पनि वैदेशिक रोजगारीका लागि विदेश पठाएको छैन र उनीहरुको पैसा पनि फिर्ता गरेको छैन ।

लाइसेन्स खारेज गरेपछि विभागले म्यानपावर कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ र कर्मचारी फनिन्द्र कोइराला उर्फ ​​रमेशविरुद्ध मुद्दा दायर भएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम लाइसेन्स खारेज गरी सोही दफा बमोजिम मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *