ट्रम्पमाथि लाग्यो यस्तो आरोप

काठमाडौं ।अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ कम हुने नाम लिइरहेको छैन । अहिले फेरी ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने भएको छ ।

ह्वाइट हाउस छाडे पछि पनि ट्रम्पले सयौं गोप्य दस्तावेज आफूसँग राखेको आरोप छ र, साथै गलत अभिव्यक्ति पनि दिएका छन् । जसकाकारण अनुसन्धान एजेन्सीहरूले ट्रम्प विरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन्।

डोनाल्ड ट्रम्पले ट्रुथ सोशल मिडिया प्लेटफर्मलाई भनेका छन मियामीको संघीय अदालतमा उपस्थित हुनको लागि उनलाई समन प्राप्त भएको छ। मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो। तर, केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *