टेक्सस इन्टरनेसनल कलेजबाट ‘ऐंचो पैंचो’ का टोलीले थाल्यो प्रचार अभियान

१८ साउन , काठमाडौं : केपी फिल्म्सको ब्यानरमा निर्माण भएको कृषा चौलागाईं निर्देशित फिल्म ‘ऐंचो पैंचो’ बुधबार फिल्मको युनिट काठमाडौंको टेक्सस इन्टरनेसनल कलेजमा अभिमुखीकरण समारोह आयोजना गर्दै फिल्मको प्रचार थालेको छ।

कार्यक्रममा कलाकारहरु सुशील सिटौला, राजाराम पौडल र अभिनेत्री शारदा गिरी कलेजमा पुगेका थिए भने फिल्मको विषयवस्तुबारे विद्यार्थीलाई जानकारी गराउँदै फिल्मको गीत ‘काले केटाले’ मा तीनैजना कलाकारले नृत्य समेत गरेका थिए।

फिल्मलाई प्रीतम लामिछाने र आध्या लामिछानेले निर्माता गरेका छन् भने अभिमन्यू निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, सुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोको रंग संयोजन, सत्यम राणाको भीएफएक्स र मुकेश शाहको ध्वनि संयोजन रहेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी र विशाल पहारीको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *