टिकटक लाइभमा महिलासँग देखिएपछि निरौलासहित २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा

२४ साउन , काठमाडौं : दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला टिकटक लाइभमा एक महिलासँग देखिएपछि विवादमा तानिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निरौला सहित २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

निरौला मन्त्रालयको अतिरिक्त समूहमा तानिएपछि उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

त्यस्तैगरी सरुवा भएका अधिकृतहरु धेरैजसोलाई तराई मधेशका स्थानीय तहहरुमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *