झुमा निरौलाको “सरगमश्री” सार्वजनिक (भिडियो सहित)

काठमाडौ, १३ चैत्र, गायिका झुमा निरौलाको गीति एल्बम “सरगमश्री” सार्वजनिक गरेकी छिन् । चैत्र ५ गते कोमल निरौलाको (झुमाको बाबा) एकल साँझमा उनको गीति एल्बम “सरगमश्री” सार्वजनिक गरेकी हुन् । संगीत तथा नाट्य एकेडेमीका कुलपति सरुभक्त श्रेष्ठ ,पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ तथा गायक तथा संगितकार कोमल निरौलाको हातबाट लोकार्पण गरिएको थियो ।jhuma

गायिका झुमा सानै उमेरबाट गीत संगीतमा लागेकी थिइन् । २०५५ सालमा जिल्ला स्तरीय गायन प्रतियोगितामा प्रथम , २०५७ सालमा नेपाल टेलिभिजन को “ब्राइटर तिम्रो सुर मेरो गीत”मा प्रथम , २०६४ सालमा राष्ट्रिय नाच घरले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगितामा समेत प्रथम भइसकेकी छिन् गायिका झुमा निरौला । पहिलो नेपाली तारामा टप टेन समेत भएकी झुमाको “सरगमश्री”एल्बममा ६ वटा गीत र एक ट्राक समाबेस गरिएको छ । स्वर्गीय आमा सरस्वती निरौला प्रति समर्पण गरी छोरीको नाममा “सरगमश्री” एल्बमको नाम जुराएकी गायिका झुमा निरौलाले बताईन ।

सबिन भट्टराई ,घनश्याम पथिक ,कोमल निरौला ,गौतम डङ्गोल `सन्देश` ,सौगात बानियाँ र कृष्ण अविरलका शव्दहरु समाबेश भएका छन् भने डेनी निरौला ,हरि लम्साल,कोमल निरौला,भिषण निरौला, सौगात बानियाँ र भुगोल दाहालको संगीत रहेको छ ।komal shajh

यहि एल्बममा समाबेस “सोझी मान्छे” बोल रहेको गीतको म्युजिक भिडियो पनि बनाइएको छ । यो गीतको म्युजिक भिडियोमा नायिका रिस्ता बस्नेत र सलिन भट्टराईले अभिनय गरेका छन् । कृष्ण अविरलको शब्द रचना रहेको उक्त गीतलाई संगीत भूगोल दाहाल र संगीत संयोजन रोमी बस्नेतले गरेका छन् ।किसान अर्यालले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोलाई देबेन्द्र गिरीले छायांकन र शिव शर्माले सम्पादन गरेका छन् ।

“सोझी मान्छे” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *