झुटो विवरण पेस गरि बनाईयो नागरिकता

माघ १२ काठमाडौ,झुटो विवरण पेश गरि सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशासनले पक्राउ गरेको छ । भिनाजुसँगै नागरिकता र राहदानी लिने दुवैजनालाई पनि प्रहरीले पक्रेको हो। पर्वत जिल्ला माझफाँट १ बाट गायत्री जिसीलाई ३ वर्ष अघि मात्र विवाह गरेका आगिन्चोक १ निवासी पदमबहादुर थापाले ससुरालीबाट २ सालीलाई बोलाएर छोरीका रुपमा सनाखत गरि गत माघ ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएका थिए।

थापाले गत माघ ४ गते गाविस सचिव शालिकराम खतिवडालाई श्रीमती गायत्री जिसीसँग २०५७ वैशाख १२ गते विवाह गरेको भन्दै विवाह दर्ता प्रमाण बनाउन लगाएका थिए। विवाह प्रमाण पत्र बनाएकै दिन जुम्ल्याहा छोरीहरु इशा र इमी थापा २०५७ पुस ३ गते ८ महिनामै जन्मेको जन्मदर्ता प्रमाणपत्र पेश गरेका थिए।

नागरिकता लिएको पर्सीपल्टै इशा थापाले माघ ६ गते काठमाडौंबाट राहदानी लिएकी थिइन्। सबै विवरण नक्कली भएको आशंकामा गाविस सचिव खतिवडाले स्थानीय प्रशासनमा माघ ४ गते उजुरी गरेपछि स्थानीय प्रशासनले सबैलाई बोलाएर जारी गरिएको नागरिकता र राहदानी जफत गरि हिरासतमा लिएको सहायक प्रजिअ लिलाधर अधिकारीले बताए।
यसै गरि झुटो विवरण दिई वंशजको नागरिकता लिने लापा ३ घीउवाङ्गमा विवाह गरेर आएकी ३५ वर्षीय भारतीय युवती कौडीमाया विश्वकर्मा राल्टेलाई पनि स्थानीय प्रशासनले पुर्पक्षका लागी थुनामा राखेको छ।

नीज युवतीलाई श्रीमान दुर्गबहादुर विकले आफ्नै मामा भक्तबहादुर विककी छोरी हुन भनेर सिफारिस गराई अंगीकृत नागरिकताको साटो वंशजको नागरिकता दिलाएका थिए। स्थानीय प्रशासनले दुवैजनालाई हिरासतमा लिई श्रीमान दुर्गबहादुर लाई ७५ हजार धरौटीमा मुक्त गरेको छ भने धरौटी राख्न नसक्दा कौडीमायालाई पुर्पक्षका लागि थुनामा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *