झापामा हात्ती मृत फेला परेको छ

२४ असाेज, काठमाडौं : झापाको भद्रपुर नगरपालिका–२ रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज एउटा वयस्क जंगली हात्ती मृत फेला परेको छ ।

डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीका अनुसार सिमसारको दलदलमा हात्ती मृत अवस्थामा फेला परेको हो ।

वन कार्यालयबाट खटिएको टोली घटनास्थलमा पुगेको छ भने कोशी टप्पु वन्यजन्तु आरक्षबाट हात्ती विशेषज्ञसहितको टोली घटनास्थलतर्फ गइरहेको गिरीले जानकारी दिए ।

हात्तीको मृत्यु प्राकृतिक रुपमा भएको हो वा हात्तीको विज्ञ टोलीले पोष्टमार्टम गरेपछि मात्रै थाहा हुने वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *