जुवातास खेलिरहेको अवस्थामा दुई लाखभन्दा बढी रकमसहित १३ जना पक्राउ

७ भदौ, काठमाडौँ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकस्थित एक होटलबाट नगद २ लाख १९ हजार ९ सयसहित १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख दुल्लु नगरपालिका–७ बस्ने दिनेश हमाल, दुल्लु– १३ को जगत भण्डारी, वडा–६ का थिर बहादुर खड्का, शेर बहादुर खड्का, सन्तोष थापा, वडा नम्बर–८ का लक्ष्मण सिंह, अमृत सिंह, दैलेखकै डुङगेश्वर गाउँपालिका–२ को नेत्र विष्ट, भैरवी गाउँपालिका–५ का रत्न बहादुर थापा, वीरेन्द्रनगर वडा नम्बर ४ बस्ने जनक बहादुर सुनार, ३ का ओम खड्का, वडा नम्बर ६ का सरोज बराल र वडा नम्बर ४ का हर्क थापा रहेका छन् ।

उनीहरुको साथबाट रकमसहित ५ गड्डी तास, १५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *