जनैपूर्णिमा एवं रक्षाबन्धनको अवसर पारी बिहीबार फिल्म ‘ऐंचोपैंचो’ र ‘गणपति’ रिलिज

१४ भदौ, काठमाडौं : कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘ऐंचोपैंचो’ र सविन अधिकारी निर्देशित फिल्म ‘गणपति’ जनैपूर्णिमा एवं रक्षाबन्धनको अवसर पारी बिहीबार रिलिज भएका छन् ।

केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको ‘ऐंचोपैंचो’ फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत र सुशील सिटौलाको शीर्ष भूमिका छ । भने यसको लम्बाइ १२६ मिनेट रहेको छ ।

अर्को फिल्म ‘गणपति’ मा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरे र राजाराम पौडेलको प्रमुख अभिनय रहेको छ । भने यसकोे लम्बाइ १४२ मिनेट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *