जनकपुरमा खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु

२९ भदौ, काठमाडौँ : जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खोलेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरको लोहाना हजम टोलका दुई वर्षीय रोहन मुखिया रहेका छन् । शुक्रबार बिहान ६ः३० बजे घरबाहिर खेल्दै गरेका मुखिया सडकमा रहेको खुला कोठामा खसेका थिए । दुई वर्षीय बालक घर नजिकैको खाल्डोमा फेला परेका थिए । परिवारले भेट्दा उनको मृत्यु भइसकेको थियो । स्थानीय नाथुनी मण्डलका अनुसार दुई वर्षदेखि खुला चेम्बर सडकमा परेको छ ।

ठेकेदार र उपमहानगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि ढक्कन हाल्न नसकेको स्थानीयको गुनासो छ । मुखियाको मृत्युपछि स्थानीय आक्रोशित भएका छन् र स्थानीय सरकार र ठेकेदारसँग जवाफदेहिताको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *