छ लाख पुरानो निर्माता संघलाई तिर्न बाध्य बनाइएपछि बाँकी दुई लाख नौ हजार कसले तिर्ने ? – नवल खडका

पौष ५ काठमाडौ, पुरानो निर्माता संघमा अनियमतता र भ्रष्टाचार भएपछि असंतुष्ट बनेका निर्माताहरुले नवल खड्काको नेतृत्वमा नयाँ निर्माता संघ दर्ता गरेपछि, पुरानो निर्माता संघले हतारमा अगाडी बढ्न खोजेकोले नयाँ निर्माता संघले आपत्ति जनाएको छ। नयाँ निर्माता संघको अध्यक्ष नवल खड्काले हामीलाई भनेका छन्, ४ वर्ष देखिको सदस्यता वापतको रु. ६ लाख तिर्न अवैध र भ्रष्ट्रचारी पुरानो निर्माता संघको नेतृत्वलाई वाध्य बनाइएको छ । अब बाँकी २ लाख ९ हजार सदस्यता वापतको पैसा चाहिं कस्ले र कहिले तिर्ने हो ?

यसै बिच भ्रष्ट्रचारी नेतृत्वले स्व. शिव रेग्मीको नाममा ३ वर्ष अगाडी खडा भएको अक्षयकोषको रकम आजसम्म आम्दानीमा नजनाई हिनामिना गरेको तथ्य फेला परेको छ । यस्ता सयौं हिनामिनाहरु पर्दाफाँस हुँदै जाने छन् ।

बिभिन्न शक्ति केन्द्रको दवावमा मिति २०७३ पौष १५ भित्र अधिवेशनबाट हिसाब किताब गराई जिल्ला प्रसाशन कार्यालय काठमाण्डौले अधिवेशन गराउन पत्राचार गरेको छ । हामिले बुझेका छौं कि जिल्ला प्रसाशनको न्याय भन्दा पनि अवैध शक्ति केन्द्रको दवावमा यस्तो भएको हो । यसर्थ अधिवेशनमा बिभिन्न शिर्षकमा भवन निर्माण कोषको २४ लाख खर्च भएको देखाउने छन् । त्यहाँ उपस्थित भएको सदस्यहरुलाई भ्रष्ट्राचारको कार्यमा ल्याप्चे लगाउने कार्य हुनेवाला छ ।
यसर्थ सो नौ टंकी अधिवेशनमा भाग लिई भ्रष्ट्राचार कार्यलाई वैध गराउन सहयोग नगर्न सबै निर्माता साथिहरुलाई अनुरोध गर्दछौं । जो ७ वर्ष देखिको भवन निर्माण कोषको २४ लाख दुरुपयोग भएको छ । उक्त २४ लाख जम्मा भए निर्माताले आफ्नै भवन निर्माण कार्य गर्न पाइने थियो । भ्रष्ट्राचार बिरुद्धको हाम्रो अभियान जारी छ । सूचना खबरलाई नवल खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *