छोराले सल्यानमा लठ्टी प्रहार गरी आमाको हत्या

२३ साउन , काठमाडौँ : सल्यानको शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरका एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् ।

हत्या गर्नेमा २३ वर्षीय नवीन भण्डारी छन् भने मृत्यु हुनेमा ४८ वर्षीया नवीन भण्डारीकी आमा शारदा भण्डारीको छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार नवीनले मंगलबार बिहान चार बजेको समयमा आमाबुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको हो ।

आरोपित छोरालाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान गरिरहेका प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *