छाेराकाे निधन भएकाे २ महिना नबित्दै अभिनेता सानू ताम्राकारकाे शनिबार निधन

९ भदाै, काठमाडौं : चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार अभिनेता सानु ताम्राकारको शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे छ । ७४ वर्षका ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका ७४ वर्षमा मृत्यु भएकाे हाे ।

गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार चिन्तामा थिए । भने उनी पछिल्लो समय मिर्गौलाको उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको अध्यक्ष निरौलाले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *