चेल्सीविरुद्धको जितसँगै म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

काठमाडौं । म्यानचेष्टर युनाइटेडले चेल्सीलाई घरेलु मैदानमा ४- १ ले पराजित गर्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

युनाइटेडका लागि कासेमिरोले छैटौं मिनेटमा पहिलो गोल गरे । यस्तै, एन्टोनी मार्सियलले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेजले ७३औं र मार्कुस रासफोर्डले ७८औं मिनेटमा गोल गरेपछि युनाइटेडले ४–० को अग्रता बनायो ।

चेल्सीका लागि जाआओ फेलिक्सले ८९औं मिनेटमा सान्त्वना गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *