चुनाव बिथोल्न खोज्ने दुई जना पक्राउ

महोत्तरी ३० भदौ- चुनाव बिथोल्न खोज्ने दुई जना पक्राउ परेका छन् । दोस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तहको चुनाव विथोल्ने गतिविधिमा सलंग्न नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जनामाथि सार्वजनिक मुद्दा चलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *