चीनमा अहिलेसम्मकै भारी वर्षा : २० जनाको मृत्यु

१७ साउन , काठमाडौँ : समाचार संस्था एपीका अनुसार चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाले बाढी र डुबान भएको छ।

चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४।८ मिलिमिटर वर्षा भएको बताएका छन्।

१४० वर्षअघि वर्षाको मापन गर्न थालिएको बेइजिङमा अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिल्यै पनि परेको थिएन।

सडक, रेल वे र विमानस्थलमा पनि बाढी पसेको भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएसँगै भारी वर्षा र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। हजारौं मानिस विस्थापित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *