चीनको हाङझाओम हुने १९ औं एसियाली खेलकुद सहभागी हुन नेपाली उसु टोली आज हाङझाओ प्रस्थान गर्दै

१९ भदौ, काठमाडौँ – चीनको हाङझाओम हुने १९ औं एसियाली खेलकुद सहभागी हुने उसु खेलाडीको वैदेशिक प्रशिक्षण चीनमै हुने भएको छ । त्यसका लागि नेपालबाट १२ खेलाडीसहित १६ सदस्यीय नेपाली उसु टोली आ हाङझाओ प्रस्थान गर्दै छ ।

खेलाडीहरुमा थाउलोतर्फ विजय सिन्जाली, दीपक हमाल, पासाङ शेर्पा, निमा घर्ती मगर, सविता राई, कविता थापा मगर र सुस्मिता तामाङ थाउलोतर्फ रहेका छन् । भने पदम राई, मंगलप्रसाद थारु, समन घुस्री, रोहित चुनारो र एलिना चौधरी सान्सौंतर्फ रहेका छन् ।

प्रशिक्षकमा उसुका मुख्य प्रशिक्षक अमर थिङ र अन्य दुई प्रशिक्षकमा प्रकाशवहादुर लामा (थाउलो) र गणेश अर्याल (सान्सौं) रहेका छन् । टोलीसंगै नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि जाने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *