चिनियाँ सेनाको टोली नेपाल आउँदै

३१ साउन, काठमाडौं : चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको चिनियाँ सेनाको एक टोली आज दिउँसो आज नेपाल आउँदै छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको हो ।

स्रोतका अनुसार भेटमा दुई देशबीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल भई चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *