चितवनमा शव बोकेको जिपसँग बस ठोक्किएर अनियन्त्रित हुँदा थप पाँच वटा मोटरसाइकल पनि ठोक्किए : २० जना घाइते

३१ साउन, काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा आज बिहान ११स्४० बजे शव बोकेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपसँग ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बस ठोक्किदा अनियन्त्रित भएपछि हुँदा थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएका थिए भने २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको र भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा चितवनको खैरहनी नगरपालिका ४ का अन्दाजी ६० वर्षीय कृष्ण बहादुर तामाङ, खैरहनी–१ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका–१४ का कुसुमबहादुर राना, रत्ननगर–९ का किशोर तामाङ, रत्ननगर–१४ का डोलबहादुर कार्की , मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ का महोन तामाङ र ३८ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

मध्यम घाइते हुनेहरुमा चितवनको रत्ननगर नगरपालिका–१४ का ४१ वर्षीय पुर लामा, सोही ठाउँका ५५ वर्षीय बुद्धिराम तामाङ, रत्ननगर–१६ का ४४ वर्षीय रेशम पोख्रेल, सोही ठाउँका ४७ वर्षीय दिलबहादुर घिसिङ , नवलपुरको गैंडाकोट नगरपालिका–८ का ५१ वर्षीय लोकराज लामा, ३६ वर्षीय दिवेश शाक्य रत्ननगर–१४ का ५० वर्षीय आइतराम कामी, रत्ननगर–३ का ४४ वर्षीय गोपाल तामाङ, रत्ननगर–१४ का २६ वर्षीय पुष्प तामाङ, सोही ठाउँका ३८ वर्षीय कृष्ण लामा र रत्ननगर–३ का ४५ वर्षीय जीवन लामा र काठमाडौंको गोकर्ण–४ की ४८ वर्षीया तारा श्रेष्ठ रहेका छन् ।

चितवनकै रत्ननगर नगरपालिका–१४ का ३३ वर्षीय शंकर परियारको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *