चितवनमा डेङ्गुबाट एक जनाको मृत्यु

२६ साउन , काठमाडौँ : स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार चितवनमा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । भने चालु आर्थिक वर्ष २०८०र८१ मा यहाँ डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

सूचना अधिकारी केसीका अनुसार जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *