चिट्ठा खरिद गरेर बने सरसफाइ काम गर्ने महिलाहरु करोडपति

१६ साउन , काठमाडौँ : भारतको केरला राज्यका सरसफाइसम्बन्धी काम गर्ने सात जना महिलाहरुले ११ जुनमा चिट्ठा खरिद गरेर १० करोड रुपैयाँ जितेका छन् ।

उनीहरुले प्रत्येक दिन हरेक घरबाट कुहिने फोहोर संकलन गर्ने काम गरेर दैनिक २५० भारतीय रुपैयाँ कमाउँछन् । त्यो काम गरेबापत आएको पैसाले दैनिकी धान्नै धौधौ बनेको अवस्थामा त्यसकै आर्जनबाट खरिद गरेको चिठ्ठाले करोडपति बनेपछि उनीहरुले त्यस काम आफूहरूको लागि निकै भाग्यमानी साबित भएकाले कामलाई अझै निरन्तरता दिने बताएका छन् ।

यसअघि पनि ती महिलाहरुलाई सरकारी चिठ्ठामा एक हजार रुपैयाँ परेको थियो । त्यो रकम उनीहरुले आपसमा बाँडेका थिए । र यो रकम पनि आपसमा उनीहरुले बाँडफाँट गर्ने बताएका छन् ।

महिलाहरुले कर कट्टी गरेर ६ करोड ३० लाख रूपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *