चार राजदूतले लिए सपथ

१० असोज, काठमाडौँ : राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार राजदूतलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नवनियुक्त चार राजदूतमा फ्रान्सका लागि राजदूत सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूत घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि राजदूत रामप्रसाद सुवेदीले सपथ ग्रहण गरेका छन् । ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *