चलचित्र विकास बोर्डद्वारा दीर्घ साधना र विशेष योगदान सम्मानबाट सम्मानित हुने नामावली सार्वजनिक

९ भदाै, काठमाडौं : चलचित्र विकास बोर्डले एक सूचना जारी गर्दै राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० मा चलचित्र दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित हुने चलचित्रकर्मीहरूको सूची सार्वजनिक गरेको छ ।

चलचित्र विकास बोर्डको मिति २०८०/०५/०७ गतेको निर्णयानुसार यही २०८० साल भाद्र १२ गते मंगलबारका दिन राष्ट्रपतिको कार्यालय¸ शीतल निवास¸ काठमाडौंमा आयोजना गर्ने गरी तय गरिएको पुरस्कार तथा सम्मान समारोहमा सम्मानित हुने नामावली सार्वजनिक गरेको हो । यसको पूर्ण विवरण बोर्डको वेबसाइट film.gov.np मा राखिएको छ ।

सम्मानित हुनेको नामावली तल PDF र JPG FORMAT मा राखिएको छ ।

लिङ्क : https://film.gov.np/notices/73/

Leave a Reply

Your email address will not be published. Required fields are marked *