चलचित्र निर्माता संघ नेपालले बधार्इ सँगै ज्ञापन पत्र बुझायो


काठमाडौ- नवनियुक्त चलचित्र बिकास वोर्डकी अध्यक्ष निकिता पौडेललाई नेपाल चलचित्र निर्माता संघ नेपालले बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिंदै ज्ञापन पत्र बुझाएको छ ।

चलचित्र निर्माता संघ नेपालले निम्न मागहरु राखेका छन्
(क) राष्ट्रिय चलचित्र निती कार्यान्वयन गर्नुपर्ने
(ख) बक्स अफिस अविलम्व लागू गर्नु पर्ने
(ग) निर्माताले स्वतन्त्र रुपमा व्यापार गर्न पाउने अधिकार माथी अंकुश लाउने कुरा तुरुन्त बन्द गर्नुपर्ने

जवाफमा अध्यक्ष निकिता पौडेलले आगामी बैशाख सम्म इ–टिकट सम्पूर्ण हलमा लागू गरिसक्ने, आउने आर्थिक मसान्त पछि बक्स अफिस लागू हुने र चलचित्र दर्ता गर्दा कुनै पनि संघ संस्थाको अब उप्रान्त सिफरिस नचाहिने प्रतिबद्धता जाहेर गरेकी छन् ।

निर्माता संघका अध्यक्ष नवल खड्काको नेतृत्वमा लय सङग्रौला, उदय सुब्बा, किसान पोख्रोल, मनोज श्रेष्ठ, कृषा चौलागाईं, निरज ढकाल, निर्मल लामा, मदन कुमार इङनाम, शिवम अधिकारी, किरण थापा, गुणराज श्रेष्ठ सहितको टोली विकास वोर्डमा ज्ञापन पत्र बुझाउन गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *